राजनीति


अनेरास्ववियू केन्द्रीय कमिटी सदस्यद्वारा सपथ

अनेरास्ववियू केन्द्रीय कमिटी सदस्यद्वारा सपथ

नेपालखबर
पुस २७, २०७६ आइतबार १३:३४,

नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ३ सय ३५ जना केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन्। सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले दुई पार्टीबीचको एकता र पछिल्लो समय प्राप्त उपलब्धीहरुमा विद्यार्थी नेताहरुको सबैभन्दा बढि भूमिका रहेको बताए।

उनले भने, ‘हामीले जुन उपलब्धी प्राप्त गरेका छौं नेपालको कमुनिष्ट आन्दोलनले जुन उपलब्धी प्राप्त गरेको छ यो कुनै इश्वरको वरदान होइन्, हाम्रा सही नीतिहरुको प्रतिफल हो, सक्षम नेतृत्वको प्रतिफल हो। नीति र नेतृत्वलाई अनुसरण गर्दै अगाडि बढ्ने योद्धाहरुको प्रतिफल हो।’ त्यस्तै उनले पछिल्लो समय पार्टी भित्र विद्रोह र नेताहरुबीच अन्तरविरोध सिर्जना गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई कमजोर पार्ने शक्तिहरु लागिरहेको बताए। उनले पार्टी एकतालाई जोगाएर जान सबै एक हुनुको विकल्प नभएको समेत बताए।

महासचिव पौडेलले विद्यार्थी नेताहरुको सकृयतामा ठुलाठुला सफलताहरु प्राप्त भएको इतिहास रहेकाले पार्टी एकतालाई अझ बलियो बनाउन भूमिका निर्वाह गर्न अग्रह गरे। त्यस्तै अनेरास्ववियूले ४५ सदस्यीय स्थायी कमिटी पनि बनाएको छ। जसमा पूर्व एमाले निकट अनेरास्ववियुबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीबाट २१ जना रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad