राजनीति


गृहमन्त्री थापाले गरे तीन सीडीओको सरुवा

गृहमन्त्री थापाले गरे तीन सीडीओको सरुवा

नेपालखबर
पुस २७, २०७६ आइतबार १२:३,

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को हेरफेर गरेको छ।

आइतबार गृहमन्त्री रामबहादुर थापाले कपिलवस्तु, रौतहट र सोलुखुम्बुका सीडीयोको हेरफेर गरेका हुन्।

जसअनुसार कपिलवस्तुमा दीर्घनारायण पौडेल, रौतहटमा वासुदेव घिमिरे र सोलुखुम्बुमा रमा आचार्यको सरुवा गरिएको छ।

 पौडेल अध्यागमन कार्यालय, घिमिरे कारागार व्यवस्थापन विभाग र आचार्य गृह मन्त्रालयमा कार्यरत थिए।

त्यस्तै मनत्रालयले कपिलवस्तुका सीडीओ गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक, रौतहटका कामु सीडीओ किरण थापाको अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र सोलुखुम्बुका बेदनिधि खनालको सहायक सीडीओका रुपमा रुपन्देहीमा सरुवा भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad