कारोबार


वैदेशिक रोजगार ब्यवसायी र प्रहरीबीच समझदारी

वैदेशिक रोजगार ब्यवसायी र प्रहरीबीच समझदारी

नेपालखबर
पुस २७, २०७६ आइतबार १२:१४,

वैदेशिक रोजगार ब्यवसायी र प्रहरीबीच वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन ६ बुँदे उद्देश्य र १३ बुँदे सहकार्य समझदारी पत्रमा हस्ताक्षर भएको छ।

गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जका निर्देशक प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीम कुमार भुसालले सहमति पत्रमा हस्ताक्षर गरे। कार्यक्रममा गृहसचिव प्रेम कुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थिति थियो।

वैदेशिक रोजगारीलाई थप ब्यवस्थित, मर्यादित र शोषण रहित बनाउन तथा वैदेशिक रोजगारको नाममा हुने सक्ने मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापना गर्न विभाग र नेपाल प्रहरीबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारी पत्रमा गैर कानूनी क्रियाकलाप नियन्त्रण गर्न पारस्परिक समन्वय गर्नु पर्ने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad