राजनीति


गाँजाखेतीबारे शेरबहादुर तामाङले भने : हाम्रो अभियानले सार्थक पाउने भयो

गाँजाखेतीबारे शेरबहादुर तामाङले भने : हाम्रो अभियानले सार्थक पाउने भयो

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८० सोमबार २०:७, काठमाडौँ

नेकपा एमालेका नेता शेरबहादुर तामाङले गाँजा खेतीलाई बैधानिकता दिने आफूहरुको अभियानले सार्थकता पाउन लागेको बताएका छन्।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हाल प्रतिबन्धित गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बताएपछि तामाङले यस्तो प्रतिक्रिया दिएका हु्न्।

उनी र नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाहरु गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने अभियानमा थिए। 

उनले अघिल्लो संसदको कार्यकालमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्नेगरी संसदमा विधेयक नै दर्ता गराएका थिए। 

‘सरकारलाई धन्यवाद! गाँजाको औषधीय प्रयोजनको लागि सम्भाव्यता अध्ययन गर्ने भनेर बजेट भाषणमा नीतिगत रुपमा बोलेकोमा’, उनले भनेका छन्, ‘अब हामी सबै भएर लागौँ। हाम्रो अभियानले सार्थकता पाउनेतर्फ अगाडि बढेकोमा सबैलाई बधाई!’ 

उनले संसदमा दर्ता गरेको गाँजा खेतीलाई वैधानिक दिनेसम्बन्धी ब्युँताउन पनि माग गरेका छन्। 

‘संसदमा मैले दर्ता गरेको ‘गाँजा खेतीलाई नियमन तथा ब्यवस्थापन गर्न बनेको विधेयक’लाई ब्युँताउन सबै लागौँ र गाँजा खेतीलाई वैधानिक बनाऔँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad