ad ad

कारोबार


गाँजा खेतीले बैधानिकता पाउने बाटो खुल्यो, सरकारले सम्भाव्यता अध्ययन थाल्ने

गाँजा खेतीले बैधानिकता पाउने बाटो खुल्यो, सरकारले सम्भाव्यता अध्ययन थाल्ने

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८० सोमबार १७:२०, काठमाडौँ

सरकारले प्रतिबन्धित गाँजा खेतीको लागि सम्भावना अध्ययन गर्ने भएको छ। 

आर्थिक वर्ष २०८०/०८१ को बजेट सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिको लागि गाँजा खेती गर्ने घोषणा गरेका हुन्।

‘औषधिजन्य गाँजा खेतीको सम्भावना अध्ययन गरिने छ,’ सोमबार संसदको संयुक्त बैठकमा डा. महतले भने। 

नेपालमा गाजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले त्यसलाई सम्बोधन गरेको हो।

 सरकारले यसवर्ष बजेटमै उक्त व्यवस्था गरेको हो। अहिले पनि नेपालका केही स्थानमा गाँजा खेती हुने गरेकव छ।

तर सरकारले नै प्रतिबन्ध गरेका कारण त्यसै खेर जाने गरेको छ। खेती गर्ने कृषक र व्यापारीहरु जेल पर्ने गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .