ad ad

राजनीति


भारतसँग नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त छलफल हुन्छ : प्रधानमन्त्री

भारतसँग नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त छलफल हुन्छ : प्रधानमन्त्री

नेपालखबर
जेठ १३, २०८० शनिबार २१:१०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानी लगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन्। 

नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भिरतापूर्वक छलफल गर्न ध्यान दिने प्रधानमन्त्री दाहालको प्रतिवद्धता थियो।

शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले सोधेको प्रश्नको जवाफm दिने क्रममा उनले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वास समेत व्यक्त गरे। 

उनले आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने बताए।

‘सार्क बैठकको बारेमा छलफल चलिराखेको छ। यो विषयमा मेरो गम्भिर रुपले ध्यान छ। यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन,’ उनले भने, ‘पञ्चेश्वर परियोजना अघि बढाउने बारे एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ। र, निकै सकारात्मक ढंगले छलफल चलिराखेको छ।’

प्रधानमन्त्री दाहालले २ वर्ष भित्र भूमि सम्बन्धि समस्या समाधान गर्ने आश्वासन पनि दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .