ad ad

राजनीति


मधेश प्रदेशबाट कांग्रेस रुपान्तरण अभियान सुरु

मधेश प्रदेशबाट कांग्रेस रुपान्तरण अभियान सुरु

नेपालखबर
जेठ ११, २०८० बिहिबार १४:४९, काठमाडौँ

नेपाली कांग्रेस रूपान्तरण अभियान मधेश प्रदेशको जनकपुरबाट सुरु भएको छ। कांग्रेसको संस्थापन इतर पक्षीय तेस्रो पुस्ताका नेताहरूले बिहीबारदेखि जनकपुरबाट रूपान्तरण अभियान सुरु गरेका हुन्।

उनीहरुले पार्टीका कमि–कमजोरी, विकृति–विसंति अन्त्यलाई अभियानको मुख्य एजेन्डा बनाएका छन्। कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले अभियानका क्रममा पार्टीमा व्यापक सुधार, परिवर्तन र आमूल रूपान्तरणका लागि सातै प्रदेशमा वृहत् भेला र अन्तरक्रिया गरिने बताएका छन्।

अभियानले कांग्रेसलाई बलियो, सशक्त र सुदृढ बनाउनुका साथै पार्टीमा नयाँ आशा, कार्यकर्तामा नयाँ भरोसा र आमजनतामा नयाँ विश्वास जगाउने उनको भनाइ छ।

तेस्रो पुस्ताका नेताहरुले जेठ १६ गते बागमती प्रदेशको काठमाडौं, जेठ २० मा गण्डकी प्रदेशको पोखरा र जेठ २२ मा लुम्बिनी प्रदेशको दाङमा प्रदेशस्तरीय भेला गर्दैछन्।

यस्तै, जेठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला गरिने कार्यतालिका रहेको नेताहरुले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .