राजनीति


राप्रपा नेपालका जिल्ला अध्यक्षहरूको निष्कर्ष : प्रदेश संरचना बोझिलो भयो, खारेज गर्नुपर्छ

राप्रपा नेपालका जिल्ला अध्यक्षहरूको निष्कर्ष : प्रदेश संरचना बोझिलो भयो, खारेज गर्नुपर्छ

फाइल फोटो


नेपालखबर
जेठ १०, २०८० बुधबार १६:११, काठमाडौँ

राप्रपा नेपालका जिल्ला अध्यक्षहरूले संघीयता खारेज गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

मंगलबारदेखि सुरु भएको राप्रपा नेपाल केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तारित बैठकले प्रदेश संरचना बोझिलो भएको भन्दै खारेजीमा जोड दिएको हो।

अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न बैठकको निर्णय नं ५ मा भनिएको छ, ‘संंघीय संरचना अन्तर्गतको प्रदेश तह आर्थिकरुपमा बोझिलो तथा अनेकौं राजनीतिक विकृति र विसंगतिको कार्यथलो सावित भएको तथा राजनीतिक अस्थिरता र भ्रष्टाचारको अखडा भएको हुँदा राज्य संरचनाको वर्तमान स्वरुपलाई परिवर्तन गरी केन्द्रमा बलियो सरकार र स्थानीयतहमा अहिलेको भन्दा पनि बढि अधिकार सम्पन्न सुदृढ स्थानीय स्वायत्त सरकार गरी दुई तहको संरचना वा सरकार कायम गरिनुपर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ। प्रदेशतहको सभा र सरकार सम्बन्धी वर्तमान व्यवस्था खारेज गर्न राप्रपा नेपाल माग गर्दछ। प्रदेशतहको संरचना खारेज हुनपर्छ भन्ने पार्टीको दृढ मान्यता भएको कारण राप्रपा नेपालको पार्टी अन्तर्गतका प्रदेशतहको सबै ईकाईहरु विघटन गर्ने बैठक निर्णय गर्दछ।’

बैठकले पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘वर्तमान राजनीतिक अवस्था एवं राप्रपा नेपालको भावि वैचारिक, सांगठनिक एवं रणनीतिक कार्यदिशा’ सम्बन्धी कार्यपत्र, महामन्त्री भास्कर भद्राद्वारा प्रस्तुत सचिवालयको प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठद्वारा प्रस्तुत प्रशिक्षण विभागको प्रतिवेदन, महामन्त्री राजाराम वर्तौलाद्वारा प्रस्तुत संगठन विभागको प्रतिवेदन, महामन्त्री केशवराज श्रेष्ठद्वारा प्रस्तुत युवा केन्द्रित स्मार्ट पार्टी सम्बन्धी अवधारणा तथा कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ।

साथै, बैठकले विद्यमान राज्य प्रणाली, शासकीय स्वरुप, व्यवस्था र संविधानमा परिमार्जन, पुनर्विचार वा आवश्यक भए संविधानको पुनर्लेखन नै गर्नेबारे बहस गर्न र आवश्यक सहमति कायम गर्न माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad