कारोबार


एलओडी विश्वकै ४९ औँ उत्कृष्ट क्लबमा समेटियो

एलओडी विश्वकै ४९ औँ उत्कृष्ट क्लबमा समेटियो

फाइल तस्बिर


नेपालखबर
जेठ १०, २०८० बुधबार १६:१४, काठमाडौँ

ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) पुनः विश्वसकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको छ। केही समय अघि क्लब 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको थियो। 

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९ औं स्थानमा परेको हो। 

म्यागमा विश्वएभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी रहने गर्छ। डिजे म्यागले हरेक वर्ष विभिन्न  मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो।

यसअघि सन् २०२२ का लागि 'एलओडी' सय क्लबले ५२ औं स्थानमा प्रवेश पाएको थियो।

यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ४९ औ स्थानमा पर्न सफल भएको क्लबका निर्देशक रविन श्रेष्ठले जानकारी दिए। 

क्लबसँगै राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको उनको भनाइ छ। 

उनका अनुसार पाँच सय क्लब सहभागी भएका थिए। गएराति बुधबार डिजे विश्वका उत्कृष्ट क्लबहरूको र्यां किङ स्थान सार्वजनिक गरेको हो।

विश्वकका सय वटा उत्कृष्ट  सय क्लबको सयौँ भित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने श्रेष्ठको भनाइ छ।  

'एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालको पनि शान हो,' श्रेष्ठले भने,'टप १०० भित्र एलओडीको छनौट भएसँगै नेपालको नाम पनि जोडिन्छ। क्लबलाई थप आकर्षक बनाएर लैजान यसले प्रेरणा मिलेको छ।' 

एलओडी उत्कृष्ट  क्लबको सूचीमा पर्दा विश्वरभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको विश्वास छ।

क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग रहेको उनले बताए। श्रेष्ठले रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए।

आन्तरिक तथा बाह्य पर्यटक मनोरञ्जन गर्न आउँदा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ। व्यवसायकि रुपमा डिजेइङ क्षेत्रमा लाग्नेहरूका लागि खुसी खबर रहेको उनको भनाइ छ। 

'व्यावसायिक रुपमा डिजेइङमा लाग्दा विश्वाभर चिनिने अवसर पाउँछन्,' उनले उत्साहित भने।

क्लब तीन वर्षअघि स्थापना भएको हो। क्लब ९ हजार ६ सय स्क्वायर फिटमा निर्माण भएको छ। एकसाथ २५ सय मानिस अट्न सक्ने क्लबको क्षमता छ। क्लबमा करिब १५० कर्मचारी कार्यरत छन्। 

एलओडीको आफ्नो विशेषता तथा क्षमताले उत्कृष्ट  क्लबमा पर्न सफल भएको उनले धारणा व्यक्त गरे। 

क्लबमा अन्तर्राष्ट्रिय डीजे जस्तै रोमियो ब्लान्को, ट्वीन रेभ जस्ता अन्य कलाकारले प्रस्तुती दिइसकेका छन्। रेसिडेन्स डीजे रेडमस, सुरेन, नाड्ज, सरोज, अनिश र मनिटोनको रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad