नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, जनता र विकासमा सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिन अपिल गरेका छन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै आइतबार ओलीले विकास निर्माणका काममा पक्ष विपक्ष हुन नहुने बताए।
‘राष्ट्र, जनता र विकासका विषयमा हामी सबै एक ठाउँमा उभिऔं। यो नीतिलाई सरकाको नीति तथा कार्यक्रमले समेट्न सकेको छैन। त्यसकारण यो नीति तथा कार्यक्रम समग्र देश र जनताको साझा दस्तावेज विल्कुन हुने देखिँदैन,’ ओलीले भने।
अहिलेको नीति तथा कार्यक्रमले विगतका उपलब्धिहरू समेट्न नसकेको उनले बताए।
‘यस पटकको नीति तथा कार्यक्रमसम्म आइपुग्दा विभिन्न महत्वूर्ण विषय खारेज भएका छन्। हामीलाई यो स्वीकार्य हुन सक्दैन। भन्न चाहन्छु, विकास निर्माण कुनैपनि दल विशेषको हुँदैन,’ ओलीले भने, ‘लोकतन्त्रमा कुनैपनि दल आउने जाने हुनु स्वभाविक हो। तर राष्ट्र र जनता अमूर्त हुन। विकास निर्माण जनताका लागि हो। यसमा पक्ष विपक्ष भई एकले अर्कालाई लक्षित गर्नु उपयुक्त होइन।’
साथै, उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम पूर्ण रुपमा पश्चगामी भएको पनि बताए।
‘प्रस्तुत नीति तथा कार्यक्रम पश्चगामी छ। सरकार सबै मोर्चामा असफल भइसकेको छ,’ ओलीले भने।
Shares
प्रतिक्रिया