राजनीति


प्रधानमन्त्रीले संसदमा भने : नक्कली शरणार्थी प्रकरणमा दोषी कोही उम्किन पाउँदैनन्

प्रधानमन्त्रीले संसदमा भने : नक्कली शरणार्थी प्रकरणमा दोषी कोही उम्किन पाउँदैनन्

संसद् बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ४, २०८० बिहिबार १३:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा दोषी भीआईपी र भीभीआईपी जो भए पनि कारबाही हुने बताएका छन्। 

बिहीबार बसेको संसद् बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रमम उनले यस्तो बताएका हुन्। 

‘नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने विषयमा निष्पक्ष छानबिन हुन्छ। नेपाल प्रहरीको निष्पक्ष र व्यवसायिक अनुसन्धानमा हस्तक्षेप भएको छैन, गरिने छैन र हुन दिइने छैन’, उनले भने, ‘कानुनअनुसार दोषीलाई कारबाही हुन्छ। दोषी कोही नउम्कियुन् र निर्दोष कोही नपरुन् भन्नेमा सरकार सचेत छ।’

उनले यो गम्भीर अपराधमा संलग्न कोही नउम्किने पनि बताए। ‘यस प्रकरणमा स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन भइरहेको छ। निष्पक्ष तटस्थ र व्यवसायिक रुपमा छानबिन भइरहेको छ’, उनले भने, ‘दृढतापूर्वक र निष्पक्षताका साथ दोषी नउम्किने र निर्दोष नपर्ने गरी छानबिन गर्न गृहमन्त्रीलाई पनि भनेको छु।’

नक्कली शरणार्थी प्रकरण देशकै संवेदनशील विषय भएको उनले बताए। ‘यो देशकै संवेदनशील विषय हो। उचित निष्कर्षसहित दोषीलाई कारबाहीको दायरमा ल्याएर मात्रै सुशासन कायम हुन्छ’, उनले अगाडि भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad