राजनीति


राप्रपालाई ‘सामन्तवादका छाउरा’ भनेपछि लोहनीको आक्रोश : ठूला दलका नेता ‘लुटेराका छाउरा’

राप्रपालाई ‘सामन्तवादका छाउरा’ भनेपछि लोहनीको आक्रोश : ठूला दलका नेता ‘लुटेराका छाउरा’

नेपालखबर
बैशाख २४, २०८० आइतबार १५:४५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका नेताहरुलाई ‘लुटेराका छाउरा’ को संज्ञा दिएका छन्।

आफूहरुलाई सामन्तवादका छाउरा भनेकोमा आपत्ति जनाउँदै उनले ठूला दलका नेताहरुलाई लुटराको छाउरा भनि टिप्पणी गरेका हुन्। आइतबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन एकताको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पूर्वअध्यक्ष लोहनीले देशका लुटेराहरुलाई मास्ने काम आफ्नो पार्टीले गर्ने चेतावनी समेत दिए।

उनले भने, ‘अस्ती एक जना नेताले भनेका रहेछन् नि–यी पुराना सामन्तवादका छाउराहरु हुन् भनेका रहेछन्। मलाई के भन्न मन ल्याग्यो भने–तिमीहरु लुटेराका छाउराहरु हौ। त्यो भन्दा बढ्ता केही होइनौ अहिले। यो देशलाई लुट्न आएका लुटेराका छाउराहरु हौ तिमीहरु।’

उनले लुटेराहरुको विरुद्धमा आवाज उठाउन सक्ने, उनीहरुको भण्डाफोर गर्न सक्ने, महिला हिंसाविरुद्ध आवाज उठाउन सक्ने पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उभ्याउन पार्टीमा आवद्ध महिला नेतृत्वले काम गर्नुपर्ने बताए।

पूर्वअध्यक्ष लोहनीले पार्टीको अडान र दृष्टिकोण संवैधानिक राजसंस्था र सनातन हिन्दु धर्म रहेको र यसमा आफूहरु दृढतापूर्वक लागिपर्ने पनि दोहोर्याए।

पूर्वअध्यक्ष लोहनीले योगमाया न्यौपाने नेपालमा महिला हक, अधिकारबारे बोल्ने पहिलो महिलायोद्धा भएको स्मरण गराउन उनको पथ अनुशरण गरेर अघि बढ्न पनि पार्टीका महिला नेता, कार्यकर्तालाई सचेत गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad