ad ad

राजनीति


नक्कली शरणार्थी प्रकरण : ओलीले उठाए सरकारको निष्पक्षतामाथि प्रश्न

राजनीतिक प्रतिशोध साँध्न खोजिएको गुनासो
नक्कली शरणार्थी प्रकरण : ओलीले उठाए सरकारको निष्पक्षतामाथि प्रश्न

एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओली। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
बैशाख २४, २०८० आइतबार १५:४९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको करोडौं ठगीबारे सरकारले गरिररहेको अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

आइतवार दिउँसो संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकका क्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यो प्रकरणमा सरकारको निष्पक्षतामाथि प्रश्न गरेका हुन्। 

ओलीले सांसदहरुलाई सम्बोधनका क्रममा भ्रष्टाचार र ठगी जस्ता आपराधिक कार्यमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने बताउँदै तर त्यसो गर्दा राजनीतिक प्रतिशोध साँध्न नहुने उल्लेख गरे। 

‘भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ। उनीहरुलाई एमाले जोगाउनु पर्छ भन्ने पक्षमा छैन’, ओलीले दलको बैठकमा भने, ‘तर अनुसन्धान निष्पक्ष र विश्वासिलो हुनु पर्यो, कसैलाई जोगाउने र कसैलाई फसाउने नाममा अघि बढिन्छ भने त्यो हाम्रा लागि सह्य हुँदैन।’

दलको बैठकमा सम्बोधन गर्दै ओलीले एमालेकै शीर्ष नेताहरु जोडिएको नक्कली शरणार्थी प्रकरणलाई सरकारले राजनीतिक रंग दिन खोजेको पनि बताए।

‘यो प्रकरणको अनुसन्धानका नाममा सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको देखिएको छ’, उनले भने ‘यस प्रकरणमा मुछिएका जोकोही कारबाही भागी हुन्। तर सरकारनिकटहरुलाई बचाउने गरी अनुसन्धान अघि बढाइएको छ। यो अनुसन्धानको निष्पक्षतामाथि प्रश्न गर्ने ठाउँ छन्।’

ओलीले कारबाहीको अनुसन्धान प्रक्रियामा एमालेले सरकारलाई साथ दिने पनि बताएका थिए। तर उनले पटक पटक अनुसन्धानको निष्पक्षतामाथि प्रश्न गर्दै राजनीतिक इगोका रुपमा सरकारले लिन खोजे ठीक नहुने पनि उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .