सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समितिमा रहने सांसदको नाम तीन दिनभित्र बुझाउन निर्देशन दिएका छन्।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा उनले राजनीतिक दलहरुका सचेतक र शीर्ष नेताहरूलाई तीन दिनभित्र समितिहरूमा रहने सदस्यहरूको नाम बुझाउन निर्देशन दिएका हुन्।
उनले दुवै समितिका संयोजकहरुको टुंगो पनि तीन दिनभित्र गर्नुपर्ने बताएका छन्।
‘संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्छ,’ बैठकमा सभामुख घिमिरेले राखेको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘समितिको नेतृत्व पनि यही बीचमा टुंग्याऊँ।’
दुवै समितिमा १५/१५ सदस्य हुन्छन्। जसमध्ये १२ जना प्रतिनिधि सभा र ३ जना राष्ट्रिय सभाबाट हुने सहभागी गराउनु पर्ने व्यवस्था रहेको छ।
15
Shares
प्रतिक्रिया