नेपाली कांग्रेसले भातृ संगठनहरूलाई पूर्णता दिँदा विधानमा उल्लेख भएबमोजिमको उमेर हदबन्दी कायम गर्ने भएको छ।
भातृ संस्थाहरू नेपाल विद्यार्थी संघ र तरुण दललाई पूर्णता दिने तयारीमा कांग्रेस छ। यसबारेमा शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा पनि छलफल भएको थियो।
बैठकले नेविसंघको ३२ र तरुण दलको ४५ वर्षको उमेर हदबन्दीअनुसार संगठन विस्तार गर्ने निर्णय गरेको हो।
२०७८ चैत ९ गतेभित्र ३२ वर्ष नपुगेकालाई नेविसंघ र ४५ वर्ष नपुगेकालाई तरुण दलमा दिने निर्णय भएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए।
नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरिएको थियो।
सोही मितिलाई आधार मानेर उमेर हद तोकिएको परियारले बताए।
अर्थात् २०७८ चैत ९ गते ३२ वर्ष पुग्न लागेका वा पुगेका र अहिले ३२ काटिसकेकाहरूले पनि समितिमा अवसर पाउनेछन्।
आजको बैठकमा दुवै भातृ संस्थाका अध्यक्षलाई बोलाएर पदाधिकारीहरूले छलफल गरेका थिए।
Shares

प्रतिक्रिया