इलामको सुर्योदय नगरपालिका १० फिक्कल बजार नजिकै घर बनाउने क्रममा पुरिएर ४ जना भारतीय नागरिकको मृत्यु भएको छ।
शुक्रबार अपराह्न घरको जग खन्दै गर्दा ढिस्को झरेर पुरिएका ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी पशुपतिनगरका प्रहरी निरिक्षक सन्तोष राईका अनुसार मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी बर्ष १८ का अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र बर्ष १९ को मैजफर आलम रहेका छन्।
स्थानीय बिनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खस्दा उनीहरू पुरिएका थिए।
जग खन्ने क्रममा अन्य ३ जनाले भागेर ज्यान जोगाएका थिए।
36
Shares

प्रतिक्रिया