राजनीति


डा. मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

डा. मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १८:५४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता डा. मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

उनले शुक्रबार नेता रिजाललाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्। 

कांग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

रिजाल १४ औँ महाधिवेशनमा डा शेखर कोइराला समूहबाट महामन्त्रीका उम्मेदवार थिए।

महाधिवेशनमा उनी पराजित हुन पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .