ad ad

खेल


जावलाखेल युथ क्लब एफसी खुमलटारसँग स्तब्ध

जावलाखेल युथ क्लब एफसी खुमलटारसँग स्तब्ध

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १९:०, काठमाडौँ

स्टेफन विनोङको ह्याट्रिक मद्दतमा शीर्ष स्थानको जावलाखेल युथ क्लब शहिद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारसँग स्तब्ध भएको छ।

शुक्रबार भएको खेलमा खुमलटारले जावलाखेललाई ४–२ गोल अन्तरले हराएको हो। जावलाखेलको जितमा विदेशी खेलाडी स्टेफन विनोङगले ह्याट्रिक गर्दा मेसुके ओलुमोइले एक गोल गरे।

जावलाखेलका लागि रोहित सुब्बाले एक गोल उपहार दिए। विपिन कँडेलले एक गोल थपे।

खेलको १९ औं मिनेटमा स्टेफनले गोल गर्दै खुमलटारलाई सुरुवाती अग्रता दिलाएका थिए। तर ४२ औं मिनेटमा रोहित सुब्बाको आत्मघाति गोलमा जावालखेल बराबरीमा आएको थियो।

पहिलो हाफको इन्ज्युरी समयमा स्टेफनले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको ५० औं मिनेटमा स्टेफनले ह्याट्रिक गरे। खेलको इन्ज्युरी समयमा विपिन कँडेलले जावालाखेललाई ३–२ को अवस्थामा ल्याए। तर इन्जुरी समयमा मेसुके ओलुमोइले गोल गर्दै खुमलटारलाई ४–२ को अवस्थामा ल्याए।

हारका बाबजुद पनि जावालाखेल २४ अकमा तालिकाको शीर्ष स्थानमा यथावत छ। खुमलटार ११ औं स्थानमा छ।

आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पूलिस क्लबलाई २–१ गोल अन्तरले हराएको छ। शेर्पाको जितमा खेलको १४ औं मिनेटमा अबायोमी फाकुन्ले र ५१ औं मिनेटमा अमृत श्रेष्ठले गोल गरे। पूलिसकालागि खेलको ३० औं मिनेटमा सौजन राइले गरेको गोल सान्त्वना बन्यो।

जितसँगै शेर्पा २० अंकमा सातौं स्थानमा छ। १५ अंक भएको पुलिस क्लब १३ औं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .