ad ad

राजनीति


उपचारपछि भारतबाट फर्किएका राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री

उपचारपछि भारतबाट फर्किएका राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १२:४३, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन्। 

राष्ट्रपति पौडेल नयाँ दिल्लीबाट उपचार गरेर आएपछि प्रधानमन्त्रीले पहिलो पटक भेट गर्न लागेका हुन्। 

राष्ट्रपति पौडेल अहिले शीतल निवासमै आराम गरिरहेका छन्। उनले यसअघि राजनीतिक तथा व्यक्तिगत भेटघाट रोकेका थिए।

पौडेल यही आइतबार राति नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका थिए। त्यसयता चिकित्सकको सल्लाहअनुसार उनी आराम गरिरहेका छन्। 

राष्ट्रपति पौडेल गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार का लागि गएका थिए।

यो भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले बुधबार नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त तीन नेताको शपथबारे पनि कुरा गर्ने बताइएको छ।

त्यसैगरी आगामी २४ गते बस्ने गरी बोलाइएको बजेट अधिवेशनबारे पनि दुई नेताबीच छलफल हुन सक्ने स्रोतले बताएको छ।

राष्ट्रपतिले संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आगामी वैशाख २४ गते अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .