ad ad

राजनीति


सरुवा, बढुवामा कुनै राजनीतिक हस्तक्षेप छैन : महानिरीक्षक अर्याल

सरुवा, बढुवामा कुनै राजनीतिक हस्तक्षेप छैन : महानिरीक्षक अर्याल

नेपालखबर
बैशाख १८, २०८० सोमबार १७:२०, काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप नभएको बताएका छन्।

सोमबार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिरिक्षक अर्यालले संगठनभित्रको सरुवा, बढुवामा कुनैपनि प्रकारको राजनीतिक हस्तक्षेप नभएको बताएका हुन्। 

उनले सरुवा, बढुवा संगठनले चाहे अनुसार नै भइरहेको स्पष्ट पारे। उनले सशस्त्र प्रहरीको सादा पोशाकमा हुने विकृतिहरूलाई हटाइएको पनि बताए। 

‘सादा पोशाकमा हुने विकृति हटाएको हो। सादा पोशाकबाट गएर बार्गेनिङ गर्ने काम हुँदैन। त्यो प्रवृत्ति हटाएको हो,’ उनले भने, ‘त्यस्तो राजनीतिक हस्तक्षेप कुनैपनि छैन यो सशस्त्र प्रहरी बलमा। हामीले संगठनले चाहे अनुसारको सरुवा, बढुवा गरेका छौँ।’

उनले सीमा सुरक्षा गर्नु आफूहरुको मुख्य काम भएको भन्दै प्राथमिकताका आधारमा सीमामा जनशक्ति राखिने गरेको उल्लेख गरे। महानिरीक्षक अर्यालले काममा डिजिटलाइजेशन गर्ने लक्ष्य राखिएको र सो का लागि सरकारले बजेटको सुनिश्चितता पनि दिइसकेको जानकारी गराए।

‘प्राथमिकताका आधारमा सीमामा जनशक्ति राख्दै जान्छौँ। सुविधा पाउँदा मात्रै गर्छौं भन्ने होइन,’ उनले भने, ‘सुविधा नपाउँदाखेरी टेन्ट टाँगेर पनि बसेर गर्नुपर्ने हुन्छ। त्यसैले हामी बिओपीलाई प्राथमिकता दिएर हामी यो काम गर्दै जान्छौँ। डिजिटलाइजेशन गर्ने हाम्रो मुख्य लक्ष्य छ। यसको लागि सरकारले पनि सहयोग गर्दै आएको छ।’

उनले सशस्त्र प्रहरी बललाई आकर्षक सेवाको रुपमा स्थापित गर्ने उद्देश्यसहित अगाडी बढिरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .