ad ad

राजनीति


निर्वाचनपछि गगन थापा : समस्या लुकाउने होइन, निर्मम समीक्षा आवश्यक

निर्वाचनपछि गगन थापा : समस्या लुकाउने होइन, निर्मम समीक्षा आवश्यक

नेपालखबर
बैशाख १३, २०८० बुधबार २०:३५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी जीवनमा निर्मम समीक्षा आवश्यक रहेको बताएका छन्। 

उपनिर्वाचनको नजितापछि थापाले पार्टीका समस्या लुकाएर वा पन्छाएर नवजीवन सम्भव नरहेको बताएका छन्। 

बुधबार सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन। त्यसैले, सौम्यता र धैर्यतापूर्वक सवैको कुरा सुनौं, मनन गरौं अनि आफैँतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं।’ 

थापाले विगत लामो समयदेखि आफू पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको पनि स्पष्ट पारेका छन्। 

उनले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई बधाई दिँदै ‘सम्मुनति र सुशासनका लागि संसदको यो कार्यकाललाई उपलब्धिमूलक बनाउन’ सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।

यस्तै, उनले अहिले नेपाली कांग्रेसले यो मतादेश र जनताको सन्देशलाई सम्मान र शिरोपर गर्दै पार्टीको सन्दर्भमा समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। 

थापाले पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको स्पष्ट पार्दै आफूहरुलाई अलमलिने छुट र समय नभएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .