ad ad

राजनीति


कोशी प्रदेश विवाद : ओलीलाई गृहजिल्लामा पहिचानवादीको कालोझन्डा

कोशी प्रदेश विवाद : ओलीलाई गृहजिल्लामा पहिचानवादीको कालोझन्डा

ओलीविरुद्ध प्रदर्शनमा उत्रिएका पहिचानवादीहरू


नेपालखबर
बैशाख १३, २०८० बुधबार १७:५, काठमाडौँ

गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी भएको छ।

काठमाडौंबाट चन्द्रगढी विमानस्थल हुँदै बुधबारे जाने क्रममा ओलीले पहिचानवादीको चर्को विरोध सहनु परेको हो।

विरोध हुने थाहा पाएपछि ओलीको सुरक्षामा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो। तर ओली बुद्धशान्ति गाउँपालिका पुगेपछि कोशी प्रदेशलाई लिएर चर्को नाराबाजी भएको हो।

पहिचानवादीहरुले 'कोशी प्रदेश खारेज गर', 'पहिचान मेट्न पाइँदैन', 'कोशी नाम चाहिँदैन, 'केपी ओली मुर्दावाद' र अन्य उग्र नारा लगाएका थिए।

पहिचानवादीहरुले ओलिको स्कर्टिङ टोलीमाथि ढुंगामुढा पनि गरेका थिए। तर प्रहरीले ओली सवार गाडीलाई कडा सुरक्षा दिएर एमालेको कार्यकर्ता भेटघाटस्थल बुधबार पुर्‍याएको थियो। 

ओली आउने थाहा पाएपछि सयौँ पहिचानवादीहरु बुद्धशान्तिमा भेला भएर विरोधमा उत्रिएका थिए। उनीहरुले प्रहरीले दमन गरेको भन्दै चर्का नारा पनि लगाए। 

यता ओली सहभागी कार्यक्रममा ढुंगामुढासहित कार्यक्रम बिथोल्ने प्रयास भएको भन्दै एमालेका प्रमुख सचेतक पदम गिरीले बुधबार बसेको संसद बैठकमा कडा आपत्ति जनाएका थिए।

झापाको बुधबारेमा आयोजित कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरुले आक्रमण प्रयास गरेको उनको दाबी थियो। तर पछिल्लो समय पहिचानवादीका नाममा ठूला दलकै कार्यकर्ता कोशी प्रदेशविरुद्ध आन्दोलित छन्। 

उनले मुलुकको शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सत्तापक्षले नै अध्यक्ष ओली सहभागी कार्यक्रममा होहल्ला, ढुंगामुढा गर्ने र कार्यक्रम नै बिथोल्ने प्रयास गरेको भन्दै आक्रोश पोखेका थिए। 

प्रमुख सचेतक गिरीले मुलुकको शान्ति, समृद्धि र विकासका लागि रचनात्मक ढंगले भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीको नेतृत्वमाथि त्यस्ता हर्कत भए एमालेलाई सैह्य नहुने चेतावनीसमेत दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .