राजनीति


झापामा ओलीविरुद्ध ढुंगामुढा, कार्यक्रम बिथोल्न खोजियो, संसदमा एमालेको आपत्ति

प्रमुख सचेतक गिरीले भने : सत्ता पक्षकै कार्यकर्ता संलग्न
झापामा ओलीविरुद्ध ढुंगामुढा, कार्यक्रम बिथोल्न खोजियो, संसदमा एमालेको आपत्ति

झापामा आयोजित कार्यक्रममा केपी शर्मा ओली। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
बैशाख १३, २०८० बुधबार १६:१, काठमाडौँ

गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्षक केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढासहित कार्यक्रम बिथोल्ने प्रयास भएको छ। 

एमालेका प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष ओली सहभागी झापाको बुधबारेमा आयोजित कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरुले आक्रमण प्रयास गरेको बताएका हुन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले पार्टीद्वारा आयोजित ओली सहभागी कार्यक्रम बिथोल्ने, ढुंगामुढा गर्ने काम भएकोभन्दै आपत्ति जनाए। 

उनले मुलुकको शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सत्तापक्षले नै अध्यक्ष ओली सहभागी कार्यक्रममा होहल्ला, ढुंगामुढा गर्ने र कार्यक्रम नै बिथोल्ने प्रयास गरेको भन्दै आक्रोश पोखे। 

प्रमुख सचेतक गिरीले मुलुकको शान्ति, समृद्धि र विकासका लागि रचनात्मक ढंगले भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीको नेतृत्वमाथि त्यस्ता हर्कत भए एमालेलाई सैह्य नहुने चेतावनीसमेत दिए। 

'एमले अध्यक्ष केपी ओली काठमाडौंबाट झापातर्फ जाँदै गर्दा भद्रपुर विमानस्थलबाट बुधबारे जाने क्रममा कार्यक्रमस्थलमा पुग्नै लाग्दा होहल्ला गर्ने, कार्यक्रम बिथोल्न अबाञ्छित गतिविधिहरु गर्ने, शान्ति भंग गराउने गतिविधि भएका छन', उनले भने। 

उनले  आमजनतालाई यो व्यवस्थाप्रति विश्वास जगाउन चाहेको पनि बताए। मुलुकलाई एउटा सही गन्तव्यमा अगाडि बढाउने काममा हामी लागिरहेको पनि उनले बताए। 

'हामीले लडेर यो मुलुकमा लोकतन्त्र ल्यायौँ। यति ठूलो परिवर्तन हाम्रै नेतृत्वमा हामीले गर्‍यौं। तर आज नेकपा एमालेको एउटा कार्यक्रममा सहभागी हुन जाँदै गर्दा एमालेको नेतृत्वमाथि ढुंगामुढा गर्ने कोशिस गरिएको छ', उनले भने, 'अनेकौँ ढंगले कार्यक्रम भाँड्ने कोशिस गरिन्छ। अशान्ति पैदा गर्ने कोशिस गरिन्छ। त्यसमा सत्तापक्षकै कार्यकर्ताहरु घुसपैठ गरिएको छ। मुलुकमा शान्ति स्थापना गर्ने दायित्व सत्तापक्षको हो कि होइन? त्यो जिम्मेवार हुनुपर्छ कि पर्दैन? हामी प्रतिपक्षमा बसेर अन्याय सहन गर्नुपर्ने कुनै कारण छैन।'

प्रमुख सचेतक गिरीले प्रमुख प्रतिपक्षजस्तो पार्टीलाई जिस्क्याउने काम नगर्न पनि सत्तारुढ दल र सरकारलाई सचेत गराए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .