ad ad

राजनीति


संसदीय सुनुवाइ समितिका सदस्यहरुको नाम आज प्रस्तुत नहुने

संसदीय सुनुवाइ समितिका सदस्यहरुको नाम आज प्रस्तुत नहुने

फाइल तस्बिर


नेपालखबर
बैशाख १३, २०८० बुधबार १४:१२, काठमाडौँ

प्रतिनिधि सभाको बुधबारको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धि विधेयक पेस नहुने भएको छ। 

बुधवार सिंहदरबारमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरुबीच सहमति नजुट्दा प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धि विधेयक पेस नहुने भएको हो। 

प्रतिनिधि सभाको आजको बैठकमा संसदीय सुनुवाई समिति र अन्य विषयगत १० समितिका सदस्यहरुको नाम पनि पेस नहुने भएको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक परिषद्सँग सम्बन्धि विधेयक कन्टेनमा छलफल गर्ने सन्दर्भमा केही विषयमा सहमति जुट्न नसक्दा संसदमा पेस हुन नसक्ने बताए बताए। 

उनले संसदीय १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सदस्यहरु पनि आजको बैठकमा पेस नहुने बताए।

उनले समितिमा सदस्यहरु पेस हुन नसक्नुमा नेपाली कांग्रेससहितका केही दलहरुले सदस्यहरुको नाम दिनका लागि
बिहीवारसम्मको समय मागेको बताउनु भयो। संवैधानिक परिषद्मा अध्यक्ष र उपस्थित संख्याको ५० प्रतिशत भन्ने कुराले समितिको बहुमतलाई अस्वीकार गर्न खोजेको देखिएको भन्दै अध्यक्ष अनिवार्य हुनुपर्ने, अध्यक्षले नमान्दा

कुनै निर्णय नै नहुने, जस्तो गरी आएको प्रस्ताव सच्याउनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पारे। 

त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलका शीर्ष नेताहरुका बीचमा संसदभित्रका विषयमा भएका सहमति कार्यान्वयन गर्न छलफल सकारात्मक रहेको बताए। 

उनले छलफल टुंगिन नसक्दा समितिहरु बन्न नसकेको स्पष्ट पारे। प्रमुख प्रतिपक्ष दललाई सार्वजनिक लेखा समितिको मात्रै सभापति पाउने अभ्यास रहेकोमा शीर्ष तहबाट तीन समिति सभापति पाउने भएकोप्रति असन्तुष्टि जनाएको उनले बताए। 

नेपाली कांग्रेसले अहिलेसम्मको परम्परा र पद्धति भन्दा माथि रहेर प्रमुख प्रतिपक्षी दललाई तीन वटा समितिको नेतृत्व गर्न दिएको बताउँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .