नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंमा मेलम्ची खानेपानी निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले वर्षायाममा पनि खानेपानी काठमाडौं आउने गरी निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गरेका हुन्।
काठमाडौंबासीलाई खानेपानीको संकटमा पार्ने काम सरकारले गर्न नहुने सिंहको भनाइ थियो। काठमाडौंबासीले सधैँ पानीको अभाव सहनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि सरकार लागी पर्नुपर्नेमा उनले जोड दिए।
‘मेलम्ची खानेपानी आयोजनामा सरकारको उदासिनता किन? यति ठूलो परियोजनाको सञ्चालनमा सरकारले पर्याप्त ध्यान किन दिएन?,’
सिंहले प्रश्न गर्दै सभामुखसँग आग्रह गरे, ‘सरकारलाई उपत्यकाबासीको खानेपानीको समस्या समाधानका लागि मेलम्ची खानेपानी आयोजनाका विषयमा सरकारलाई रूलिङ गरियोस्।’
Shares

प्रतिक्रिया