पेट्रोलियम तथा ग्याससम्बन्धी नेपाल–भारत संयुक्त कार्यसमूहको चौथो बैठक काठमाडौंमा बसेको छ।
मंगलबार सम्पन्न बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्ने सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन्।
उनका अनुसार बैठकमा नेपालको तर्फबाट मन्त्रालयकी सहसचिव राधिका अर्याल र भारतको तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव ईशा श्रीवास्तवले आआफ्नो पक्षको नेतृत्व गरेका थिए।
33
Shares

प्रतिक्रिया