बारा क्षेत्र नम्बर २ को मतगणना जारी छ। सुरुवातदेखि नै अग्रता लिएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो अग्रता कायम राखेका छन्।
जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता रोक्दै अघि बढेका यादवले पछिल्लो मतपरिणाम अनुसार ८ हजार ८८१ मत प्राप्त गरेका छन्।
कलैयाको शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार कुशवाहा ६ हजार १७९ मत ल्याएर यादवलाई पछ्याइरहेका छन्।
उनीहरुबीचको मतान्तर २७ सय ६ मतको रहेको छ।
उता नेकपा एमालेका पुरुषोत्तम पौडेल ३ हजार ५३८ मतसहित तेस्रो स्थानमा छन्।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १ हजार १६७ मत ल्याएका छन्।
81
Shares

प्रतिक्रिया