चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ।
सोमबार दिउँसोबाट सुरु भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ३६ हजार १सय ५८ मत प्राप्त गरेका छन्। चितवनमा जम्मा ७८ हजार २ सय ७७ मत खसेको थियो।
लामिछानेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार १ सय ४८ मत प्राप्त गरेका छन्। त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपानेले ६ हजार ६ सय ५१ मत प्राप्त गरेका छन्।

105
Shares

प्रतिक्रिया