ad ad

राजनीति


चितवन–२ : ४७ हजार मत गन्दा रवि एक्लैले ल्याए ३२ हजार ९ सय ५३

चितवन–२ : ४७ हजार मत गन्दा रवि एक्लैले ल्याए ३२ हजार ९ सय ५३

नेपालखबर
बैशाख १२, २०८० मंगलबार ५:२०, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ।

सोमबार दिउँसोबाट सुरु भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेका छन्। 

पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ३२ हजार ९ सय ५३ मत प्राप्त गरेका छन्। चितवनमा जम्मा ७८ हजार २ सय ७७ मत खसेको थियो। जसमध्ये अहिलेसम्म ४७ हजार ९ सय ८५ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ। 

लामिछानेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ६ हजार ८ सय ४० मत प्राप्त गरेका छन्। त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपानेले ६ हजार २ सय ४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .