राजनीति


तनहुँ-१ मा स्वर्णिमको १० हजार बढी मतान्तर, ३२ वटा वडाको गणना सकियो

तनहुँ-१ मा स्वर्णिमको १० हजार बढी मतान्तर, ३२ वटा वडाको गणना सकियो

नेपालखबर
बैशाख ११, २०८० सोमबार २०:५३, काठमाडौँ

प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ का ३२ वटा वडाको मतगणना सकिएको छ। पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले २४ हजार ४ सय ६ मत प्राप्त गरेका छन्। 

वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १४ हजार १ सय ८२ मत प्राप्त गरेका छन्। 

उनीहरूबीचको मतान्तर १० हजार २ सय २४ मतको अन्तर रहेको छ। 

३२ वटा वडाको मतगणना सम्पन्न हुँदा ४७ हजार १६२ मत गणना भइसेकेको छ। 

यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ७ हजार २६ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .