ad ad

राजनीति


बारा-२ : ४ सय मतले अघि लागे उपेन्द्र, पछ्याउँदै शिवचन्द्र

बारा-२ : ४ सय मतले अघि लागे उपेन्द्र, पछ्याउँदै शिवचन्द्र

नेपालखबर
बैशाख ११, २०८० सोमबार २१:५, काठमाडौँ

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मदेवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। 

जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता रोक्दै अघि बढेका यादवले पछिल्लो मतपरिणाम अनुसार ३ हजार २१४ मत प्राप्त गरेका छन्।

उनीहरूबीचको मतान्तर ४०१ छ। अहिलेसम्म ९ हजार ७८ मत गणना भएको जनाइएको छ। 

कलैयाको शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार कुशवाहा २ हजार ८१३ मत ल्याएर यादवलाई पछ्याइरहेका छन्।

उता नेकपा एमालेका पुरुषोत्तम पौडेल १ हजार ३३४ मतसहित तेस्रो स्थानमा छन्। 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ६४१ मत ल्याएका छन्। 

अन्तिममा रहेका प्रभु साह नेतृत्वको आमजनता पार्टीका अरुण ज्ञवालीले २७३ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .