तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई १० हजार बढी मतले पछि पारेका छन्।
आधा मत गणना भइसक्दा अर्थविद् वाग्लेले नेपाल प्रहरीका पूर्व आईजीपीसमेत रहेका खनाललाई १० हजार १३५ मतले पछि पारेका हुन्।
क्षेत्र नम्बर १ मा पर्ने कुल ४२ वडामध्ये २१ वडाको मत गणना सम्पन्न हुँदा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन्।
एमाले उम्मेदवार खनालले ५ हजार मत पुर्याउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको मत ८ हजार ७३१ मत पुगेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले तनहुँ १ मा खसेको कुल मतमध्ये सोमबार दिउँसोसम्म २९ हजार ८०२ मतपत्र गणना भइसकेको जनाएको छ।
आइतबार सम्पन्न मतदानमा यहाँ ६३ हजार ७५७ मत खसेको थियो। तनहुँको जिल्ला समन्वय समितिको सभाहलमा गए रातिदेखि मतगणना जारी छ।
Shares

प्रतिक्रिया