राजनीति


सत्ता गठबन्धनको आरोप : चितवनका सीडीओले रविलाई सघाए, भूमिका ठिक भएन

सत्ता गठबन्धनको आरोप : चितवनका सीडीओले रविलाई सघाए, भूमिका ठिक भएन

गठबन्धनका उम्मेदवार जीतरनायाण श्रेष्ठ। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख १०, २०८० आइतबार २२:५९, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई जिताउन लागेको आरोप लगाएको छ।

चितवन २ को मतगणनास्थल भरतपुर महानगरपालिका १० स्थित प्रदर्शनी केन्द्रमा पत्रकारहरूसँग बोल्दै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले यस्तो आरोप लगाएका हुन्।

गठबन्धनले मतगणनास्थलमा प्रजिअ पौडेल नआएको भन्दै आजको सर्वदलीय बैठक पनि नबस्ने जनाएको छ।

'प्रजिअको भूमिका ठिक भएन, उहाँ बैठकमा पनि आउनु भएको छैन। हामी दुई घण्टा कुर्दा पनि आउनु भएन', उम्मेदवार श्रेष्ठले भने, 'उहाँ कुनै एक उम्मेदवारलाई जिताउन लाग्नु भयो। उहाँको भूमिकामा प्रश्न उठेको छ, उहाँले यहाँ आएर जवाफ दिएमात्रै बैठक अघि बढ्छ।'

प्रजिअ पौडेल नआएको भन्दै सत्ता गठबन्धनको आपत्तिपछि अब चितवन २ को मतगणना भोलिमात्रै सुरू हुने भएको छ।

श्रेष्ठले प्रजिअले कसैलाई २ वटा गाडी गुडाउने अनुमति दिँदा रविलाई भने १० वटा पनि निर्वाध छाडिदिएको पनि बताए।

'हामीले दुईवटा पनि चलाउन पाएनौं, ठाउँ ठाउँमा चेकजाँच भयो, तर कसैलाई चाहिँ १० वटा?', रविप्रति लक्षित गर्दै उनले भने, 'यसमा पनि प्रजिअ मिलेको देखियो, उनी मतगणनास्थलमा आएपछि मात्रै अरू प्रक्रिया अघि बढ्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad