ad ad

राजनीति


कांग्रेस र माओवादी नारायणी जस्ता, अरु केहीबेर उर्लिने खहरे : प्रधानमन्त्री प्रचण्ड

कांग्रेस र माओवादी नारायणी जस्ता, अरु केहीबेर उर्लिने खहरे : प्रधानमन्त्री प्रचण्ड

चितवनको चुनावी सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
बैशाख ७, २०८० बिहिबार १९:६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई नारायणी जस्तै उर्लिरहने पार्टीको संज्ञा दिएका छन्। 

चितवनको कालिकानगरमा बिहीबार आयोजित सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'कहिलेकाहीँ खहरे उर्लिएर आउँछ तर सुकेर जान्छ। खहरेहरुको कुनै भर हुँदैन, आउँछन् जान्छन्', उनले भने, 'तर नेपाली कांग्रेस र माओवादी लामो विचार बोकेका नारायणी जस्ता हुन् । जुन महासागरमा गएर मिल्छन्।'

उनले कांग्रेस र माओवादीले कुनै आँधीहुरीसँग डराउन आवश्यक नरहेको बताएका छन्। 'हामी कुनै आँधीहुरीसँग डराउनुपर्ने आवश्यकता पनि छैन। हामीले धेरै संघर्ष र तपस्या पार गरेर आएका हौँ', उनले भने, 'गणतन्त्रका लागि आन्दोलन गरेर यहाँसम्म आएका हौँ। हामीले आफ्नो इतिहास, संघर्ष र त्यागलाई नबिर्सौँ।'

मंसिर ४ को निर्वाचनमा गोरखा पुगेका प्रचण्डले उपनिर्वाचनसँगै चितवन फेरि जुर्मुराएको दाबी पनि गरे। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .