राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेले वर्तमान संसदको गरिमा रास्वपाका सांसदहरूले जोगाएको दाबी गरेका छन्।
बिहीबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वाग्लेले युवालाई गाउँमै अड्याउने गरी आफ्नो पार्टीले काम गर्ने बताए।
‘हाम्रा युवालाई कसरी गाउँमै अड्याउने? १५ २० वर्षकै भिजनमा काम गरेका हौं। ती सबै कुराहरुलाई हामी सोचपूर्ण तरिकाले अघि बढाउँछौं,’ वाग्लेले भने।
साथै, उनले रास्वपाको विधानमा रोपिएका बीउले नेपालको राजनीति संग्लो बनाउने दाबी गरे।
‘संसदको गरिमा नै रास्वपाका सांसदहरूले गरिरहेका छन्। रास्वपाको विधानमा रोपिएका केही बीउहरुले नेपालको राजनीतिलाई नै संग्लो बनाउने छ,’ उनले भने, ‘दशकौं चाकडि गरेर टिकट लिने र खर्चिलो भएपछि उसले भारी बोकेर सार्वजनिक ओहोदामा जान्छ। उसको ध्यान नै तपाईंहरुको सेवा भन्दा पनि बढि से बढि पैसा कुम्ल्याउँ भन्ने हुन्छ।’
Shares
प्रतिक्रिया