राजनीति


संसदमा उदयको प्रश्न : श्वास फेर्नै गाह्रो भयो, वायू प्रदुषण नियन्त्रण गर्ने योजना के छ?

संसदमा उदयको प्रश्न : श्वास फेर्नै गाह्रो भयो, वायू प्रदुषण नियन्त्रण गर्ने योजना के छ?

नेपालखबर
बैशाख ६, २०८० बुधबार १८:१०, काठमाडौँ

नेपाली कांग्रेसका नेता उदय शम्शेर जवराले काठमाडौं उपत्यकामा पछिल्ला दिनमा बढेको उच्च वायू प्रदुषणले श्वास फेर्नै गाह्रो भएको बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले वायू प्रदुषण नियन्त्रणका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरे।

‘काठमाडौं उपत्यकामा वायू प्रदुषण उच्च हुँदा श्वास फेर्न नै गाह्रो भइरहेको छ। प्रत्येक वर्ष यो मौसममा वायू प्रदुषण हुने गरेको छ,’ उनले भने, ‘एउटा त जंगलमा हुने डढेलोका कारण वायू प्रदुषण हुने गरेको छ भने अर्को कुरा, काठमाडौंका सडक विस्तारका कामहरु सुस्त गतिमा हुँदा पनि धुलो उड्ने र त्यसले वायू प्रदुषण हुन्छ साथै पुराना सवारी साधन पनि अर्को कारण हो। म सरकारलाई वायू प्रदुषण नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन योजनाहरु के छन्, सदनलाई जानकारी गराउन माग गर्दछु।’

वायू प्रदुषणका कारण मानवस्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरुको भनाई छ। केही दिनअघि काठमाडौं वायू प्रदुषण हुने शहरमध्ये विश्वकै पहिलो नम्बरमा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .