राजनीति


चालक छतबाट खसेको घटनामा रवि : उसका लागि प्रार्थना गरिदिनू, नुनचुक बोकेर नआउनू

चालक छतबाट खसेको घटनामा रवि : उसका लागि प्रार्थना गरिदिनू, नुनचुक बोकेर नआउनू

फाइल तस्बिर


नेपालखबर
बैशाख ४, २०८० सोमबार १६:५, काठमाडौँ

सुतेकै अवस्थामा चालक दिलबहादुर थापा 'शम्भु' घरको छतबाट खसेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख खोलेका छन्।

घटनाको करिब १२ घण्टापछि सामाजिक सञ्जालमार्फत रविले उक्त घटनाबारे आफ्नो भनाइ सार्वजनिक गरेका हुन्।

उनले चालक थापालाई प्रिय भाइ भन्दै उनी छतबाट खसेर दुर्घटनामा परेको दाबी गरेका छन्। 

'आज बिहान प्रिय  शम्भु भाइ (मेरो गाडी चालक)  छतबाट खसेर दुर्घटनामा पर्नुभयो। उहाँ सीएमसीमा उपचाररत हुनुहुन्छ', उनले भनेका छन्, 'बिहानैदेखि निरन्तर र भर्खरै पनि  मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुध्रिएको छ, स्थिर छ। प्रहरी पनि अनुसन्धानमा छ।'

उनले यस्तो बेला आफूसँग बोल्ने शब्द नभएको बताएका छन्। 'म नेता भन्दा पहिले मानिस हुँ। म पनि थाक्छु, गल्छु। मेरा आँखामा पनि आँसु आउँछन्', उनले भनेका छन्, 'बिन्ति छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनु होला।' 

उनले यो घटनामा स्तरहीन बनेर  राजनीतिकरण नगर्न पनि अरु दललाई भनेका छन्। 'सक्नुहुन्छ भने मलाई सहने शक्ति  मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शय्यामा  संघर्ष गरिरहेको छ', उनले भनेका छन्, 'उसका लागि प्रार्थना गरिदिनु होला। स्वास्थ्यलाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला।'

रविका चालक थापा सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका-११ स्थित घरमा रवि लामिछाने बस्दै आएको घरको छतबाट खसेका थिए। 

त्यसपछि लामिछानेका चालक छतबाट खसेको घटनामा त्यही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .