राजनीति


एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेपालखबर
बैशाख ४, २०८० सोमबार १६:१७, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ। 

ओलीका प्रेस संयोजक रामशरण बजगाईका अनुसार ओलीले अहिले घरमै आराम गरिरहेका छन्। 

उनको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहले गरिरहेकी छिन्। 

‘उहाँको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ’, प्रेस संयोजक बजगाईंले भने, ‘भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनुभएको छ।’

हिजो पार्टी अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगी स्वास्थ्यलाभको कामना गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad