समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसदमा दर्ता भएको सूचना तथा प्रविधि विधेयक प्रतिगमनगकारी भएको बताएका छन्।
‘विधेयकमा भएका व्यवस्थाले नैतिकता तथा भद्रताको आधारमा वाक स्वतन्त्रतालाई अपराधीकरण गर्न खोजेको देखिन्छ जो अन्य कानुनी व्यवस्थाको प्रतिकूल छ,’ यादवले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो विधेयक मानव अधिकार, नागरिक स्वतन्त्रता, लोकतन्त्र तथा प्रेस स्वतन्त्रताको प्रतिकूल एवं प्रतिगमनकारी छ। यसकारण समाजवादी पार्टीले सरकारलाई सूचना प्रविधिसम्बन्धी विधेयकलाई परिमार्जन नगरी जारी नगरियोस् भनी माग गर्दछ।’
विधेयकका कतिपय व्यवस्था द्विअर्थी र कानुनसँग बाझिने प्रकृतिको भएको पनि उनको भनाइ छ।
विधेयक यसै पारित भए त्यसले लोकतान्त्रिक अभ्यासलाई नियन्त्रण गर्ने भन्दै ती व्यवस्था सच्याउन उनले आह्वान गरेका छन्।

प्रतिक्रिया