नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय उद्घाटन आज (मंगलबार) गरिँदै छ।
नेपाल भ्रमण वर्ष सचिवालयका अनुसार नेपाल भ्रमण वर्ष २०२० को अन्तर्राष्ट्रिय उद्घाटन एक भव्य समाराेहबीच अस्ट्रेलियाको सिड्नीबाट गरिने भएकाे हाे।
त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई सिड्नी पुगिसकेका छन्।
विदेशस्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गरिने भ्रमण वर्ष सचिवालयले जनाएकाे छ।
भ्रमण वर्षको राष्ट्रिय उद्घाटन भने नयाँ वर्ष २०२० जनवरी १ (पुस १६)मै गरिसकिएको छ।
भ्रमण वर्षको राष्ट्रिय उद्घाटन काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् भने सातै प्रदेशमा सम्बन्धित मुख्यमन्त्रीले गरेका थिए।
सरकारले भ्रमण वर्ष २०२० अभियानमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। भ्रमण वर्षको देश तथा विदेशमा प्रवर्द्धनात्मक गतिविधि सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया