राजनीति


चीनका गृहमन्त्रीकाे शिरमा नेपाली भादगाउँले टाेपी

चीनका गृहमन्त्रीकाे शिरमा नेपाली भादगाउँले टाेपी

नेपालखबर
पुस २१, २०७६ सोमबार १४:१९,

चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा 'बादल' ले आफ्ना चिनियाँ समकक्षी झाओ केझीलाई भादगाउँले टाेपी लगाईदिएका छन्। चीनकाे गृहमन्त्रालयमा साेमबार भएकाे भेटमा बादलले उपहारमा झाओलाई टाेपी पहिराईदिएका हुन्।

चिनियाँ जनसुरक्षा मन्त्रालयको निमन्त्रणमा गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि आइतबार बिहान बेइजिङतर्फ प्रस्थान गरेका हुन्।

rb-jhiyan.jpg

भ्रमण क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।

भ्रमण टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा र नेपाल प्रहरीका डीआईजी सूर्यप्रसाद उपाध्यायलगायत छन्।

rb-jhiyan1.jpg

गृहमन्त्री थापा नेतृत्वको टोलीले चीनको बेइजिङ, सांघाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम छ।

याे पनि : गृहमन्त्रीले यी ४ बिषयमा गर्दैछन् चिनियाँ समकक्षीसँग छलफल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad