फुडमान्डु प्रा.लि.को ‘अनलाइन फुड फेस्टिवल २०२०’ मा एन आई सी एशिया बैंक लिमिटेड बैंकिङ साझेदार रहने सहमति भएको छ।
यस अन्तर्गत ‘अनलाइन फुड फेस्टिवल २०२०’ मा बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी ‘क्यूआर’ मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकले ३० प्रतिशत छुट पाउन सक्नेछन्। यो अफर पौष २१ देखि २७ सम्म लागु हुनेछ।
उक्त साझेदारी अनुसार बैंकका ग्राहकले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।

प्रतिक्रिया