राजनीति


चितवनबाट सिधै पार्टी कार्यालय आइपुगे रवि लामिछाने

चितवनबाट सिधै पार्टी कार्यालय आइपुगे रवि लामिछाने

पार्टी केन्द्रीय कार्यालय परिसरमा रवि लामिछाने। तस्बिर : सरोज बैजु/नेपालखबर


सरोज बैजु
चैत २९, २०७९ बुधबार १५:५९, काठमाडौँ

समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईसँग २ करोड रुपैयाँका लागि गरेको मोलमोलाईको अडियोका कारण दबाबमा रहेका रवि लामिछाने चितवनबाट सिधै पार्टी कार्यालय आइपुगेका छन्। 

चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने स्थलमार्ग हुँदै बुधबार दिउँसो पार्टी कार्यालयमा आइपुगेका हुन्। 

प्रसाईसँग २ करोड मोलमोलाई प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पनि यसअघि नै वसुन्धरास्थित केन्द्रीय कार्यालय पुगिसकेका छन्।

उक्त प्रकरणमा लिखित स्पष्टीकरण र मौखिक बयान पनि दिइसकेका उनलाई कारबाही गर्ने नगर्ने निर्णय लिन अहिले रास्वपा बैठक बस्दैछ। 

बैठकले समानुपातिक सांसदसमेत रहेका ढाकालाई कारबाही गर्ने सम्भावना छ। रविले पनि यो प्रकरणमा मुछिएका ढाकालाई ७२ घण्टाभित्र कारबाही गरिसक्ने घोषणा चितवनबाट गरेका थिए। 

प्रसाईसँगको संवादको अडियो आफ्नो नभएको ढाकाले बताइरहेका छन्। तर सभापति लामिछानेमाथि ढाकालाई कारबाही गर्नुपर्ने दबाब छ।

यदि आफूमाथि कारबाही हुने अवस्था आएमा प्रसाईसँगको लेनदेन प्रकरणमा जोडिएका कोर टिमका सदस्यहरुको सबै पोल खोलिदिने चेतावनी उनले दिएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .