ad ad

राजनीति


वास्तविक मिटरब्याजी सरकार हो : ज्ञानबहादुर शाही

वास्तविक मिटरब्याजी सरकार हो : ज्ञानबहादुर शाही

नेपालखबर
चैत २९, २०७९ बुधबार १४:२५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले वास्तविक मिटरब्याजी सरकार आफैं भएको आरोप लगाएका छन्।

प्रमुख सचेतक शाहीले जुम्लालगायतका माथिल्लो कर्णालीका निर्माण व्यवसायीको बजेट बैंकमा राखेर सरकारले चर्को ब्याज खाईरहेको उल्लेख गर्दै तत्काल त्यसको निकासा गर्न पनि माग गरे।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सो बजेट रोक्का गर्नुको कारणबारे एक हप्ता भित्र संसदमा जवाफ दिन सरकारसँग माग गर्दै जवाफ नआए आफ्नो पार्टीले सदन नै अवरुद्ध पार्ने चेतावनी समेत दिए। 

प्रमुख सचेतक सांसद शाहीले भने, ‘सरकार भन्छ–मिटरब्याजीको समस्या समाधान भयो। हिजो मात्रैको घटना हो। जुम्लालगायत माथिल्लो कर्णालीका निर्माण व्यवसायीहरु झुण्डिन तयार छन्। सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्छु भनेर बास्तविक मिटरब्याजी यो सरकार हो।’ 

उनले थपे, ‘नेपाल सरकारले अहिले फिक्स डिपोजिट मात्रै, राज्यको पैसा मात्रै २ खर्ब ११ अर्व रुपैयाँ फिक्स डिपोजिट गरेको छ। झण्डै सरकार बचत आज निर्माण व्यवसायी वा अन्यलाई रकम नदिएर ३ खर्ब ६२ अर्व ७७ करोड रुपैयाँ सरकारी खातामा राखेर आज ब्याज खाइरहेको छ। अहिले पनि सरकारले ८ दशमलव ५ प्रतिशत ब्याज सरकारी रकम राखेर आज दिइरहेको छ। र, अहिले झण्डै सय जना भन्दा बढि मान्छेहरु अहिले बेलैमा बैंकको ब्याज तिर्न नसकेर आज मृत्युवरण गरिराख्नु परेको छ।’ 

प्रमुख सचेतक शाहीले बैकमा पैसा राखेर विकास, निर्माणको काम ठप्प पार्ने काम नगर्न पनि सरकारलाई पटकपटक सचेत गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .