ad ad

राजनीति


नेपाली नोट र नगद प्रवाहको अवस्था सदनलाई जानकारी गराइयोस् : सांसद गौतम

नेपाली नोट र नगद प्रवाहको अवस्था सदनलाई जानकारी गराइयोस् : सांसद गौतम

नेपालखबर
चैत २९, २०७९ बुधबार १४:३३, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले बजारमा नगद अभाव भइरहेको भन्दै नेपाली नोट र नगद प्रवाह अवस्थाको यथार्थ सदनलाई जानकारी गराउन माग गरेकी छिन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गौतमले विश्व आर्थिक मन्दीकाबीचमा नेपालको वित्तीय क्षेत्र अस्थिर र संकटपूर्ण भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। 

‘विश्व आर्थिक मन्दीका बिचमा नेपालको वित्तीय क्षेत्र अहिले अस्थिर र संकटपूर्ण अवस्थामा पुगेको छ। बैंकहरूमा ५४ खर्ब ३६ अर्ब निक्षेपमा ४८ खर्ब २४ अर्ब कर्जा प्रवाह भएको छ,’ उनले भनिन्, ‘जसले २१७ अर्ब कर्जा प्रवाह गर्न सक्छन् तर बैँकहरुमा ७० अर्ब मात्र कर्जा दिने अवस्थामा रहेका छन्। यो बिचमा बजारबाट पैसा हराएको भनि विभिन्न हल्लाहरु बाहिर आएका छन्। हिजो राष्ट्र बैँकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको विवरण सार्वजनिक गर्‍यो। तर त्यसले यो मुद्दालाई प्रष्ट पार्न सकेको छैन।’

उनले सभामुखलाई त्यसबारे प्रष्ट जानकारी सदनलाई समेत उपलब्ध गराउन निर्देशन गर्न आग्रह गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .