ad ad

राजनीति


पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

नेपालखबर
चैत २४, २०७९ शुक्रबार १०:२१, काठमाडौँ

सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।

उनलाई सहिद घोषणा गर्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए।

मन्त्रिपरिषद्ले मृतक लिम्बूको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय पनि गरेको छ। 

‘कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलनमा सहादत प्राप्त गर्नु भएका पदम लिम्बू (लाजिहाङ)लाई मन्त्रिपरिषदबाट सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको जानकारी गराउँदछु,’ मन्त्री किराँतीले भने।

उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टिएरका केन्द्रीय सह-कमान्डर थिए। ४२ वर्षीय लिम्बू २०५२ सालदेखि लिम्बुवान आन्दोलनमा सक्रिय थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .