ad ad

राजनीति


सत्ता गठबन्धनको बैठक सुरु, न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइने

सत्ता गठबन्धनको बैठक सुरु, न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइने

प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक। तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
चैत २३, २०७९ बिहिबार ९:५४, काठमाडौँ

सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  बैठक सुरु भएको छ।

नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो।

सत्ता गठबन्धनको बैठकमा न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएर आजै सार्वजनिक गर्ने तयारी छ। प्रधानमन्त्रीको सचिवालयका अुनसार अपरान्ह ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा न्यूनतम साझा कार्यक्रम तथा प्राथमिकता सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। 

न्यूनतम साझा कार्यक्रम तय गर्नका लागि नेपाली कांग्रेसबाट रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट विजय पौडेल सम्मिलित कार्यदल बनेको थियो। 

सो कार्यदलले तयार पारेको प्रतिवेदन गठबन्धन बैठकबाट अनुमोदन गरेर सार्वजनिक गर्ने तयारी गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .