ad ad

राजनीति


धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै हो : उपराष्ट्रपति यादव

धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै हो : उपराष्ट्रपति यादव

नेपालखबर
चैत २१, २०७९ मंगलबार १२:५८, काठमाडौँ

उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहीतायको भावनाले मात्रै ओतप्रोत हुने बताएका छन्।

मंगलबार जैन धर्मका प्रवर्तक महावीरको २६२२ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले धर्मका विभिन्न प्रकार भएपनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने पनि बताए। उनले धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशाषित रुपमा अघि बढ्न प्रेरित गर्ने पनि बताए। 

उनले महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरु सिद्धान्त सामाजिक जीवनमा आजपनि उत्तिकै सान्दर्भिक रहेको पनि बताए।

‘नेपालमा जैन धर्मावलम्वीहरु प्रायः नेपालको सबै ठाउँमा विभिन्न समुदायका बीचमा मिलेर बसेका छन्। जहाँ रहेपनि भगवान महावीरका
उत्कृष्ट सिद्धान्तहरुलाई अनुशरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न सफल छन्, अहिंसा, शान्ति, एकान्तवाद, नैतिकता, सत्चरित्रता, एवं जैन धर्मका महत्वपूर्ण पक्षलाई जनजनमा लैजान संगठनको ठूलो भूमिका हुन्छ।

कुनैपनि संस्थाको अविरल गतिले सञ्चालन हुँदै ५४ वर्ष पूरा गर्नु आफैँमा गर्वको विषय हो। भगवान महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरु सिद्धान्त सामाजिक जीवनमा आजपनि उत्तिकै सान्दर्भिक छन्।

धर्मममा नैतिकता, प्रमाणिकता, प्रतिवद्धता र सत्यता हुन्छ। त्यसले मात्रै हामीलाई कुनैपनि सुमार्गमा लैजान सक्छ। धर्मका विभिन्न प्रकार
भएपनि सबै धर्मको लक्ष्य भनेको एउटै हुन्छ।

धर्मको परिभाषा त्यसको प्रभाव सर्वजनहीतायको भावनाले मात्र ओतप्रोत हुन्छ। धर्मले नै यस संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशाषित रुपमा अघि बढ्न प्रेरित गरेको हुन्छ।’

उपराष्ट्रपति यादवले महावीरका उत्कृष्ट सिद्धान्तहरुलाई अनुशरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न उनका अनयायीहरु सफल रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .