बलिउड अभिनेता ऋतिक रोशन लामो समयदेखि सबा आजादसँगको सम्बन्धका कारण चर्चामा छन्। उनीहरू धेरै ठाउँमा सँगै देखिएका छन्। हालै ऋतिक र सबा नीता मुकेश अम्बानी कल्चरल सेन्टरको कार्यक्रममा पनि सँगै देखिएका थिए। यस क्रममा खचिएका तस्बिर ऋतिक रोशनले आफ्नो सोसल मिडिया ह्यान्डलबाट सेयर गरेका छन्। रोचक त के छ भने ती तस्बिरमा ऋतिककी पूर्वपत्नी सुजैन खानले ‘कमेन्ट’ गरेकी छन्।
शानदार लुक्समा ऋतिक–सबा
ऋतिक रोशनले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टबाट आफ्नो र सबा आजादका तस्बिर सेयर गरेका छन्। साबा रातो ड्रेसमा निकै स्टाइलिस देखिएकी छन् भने ऋतिक रोशन कालो पोसाकमा ‘ड्यासिङ’ देखिएका छन्। तस्बिरमा दुवै हँसिलो मुद्रामा देखिन्छन्। दुवैको स्टाइललाई फ्यानले निकै रुचाएका छन्।
यी सेलिब्रेटीहरूले टिप्पणी गरे

लामो समयदेखि अफेयरको चर्चा
गत वर्ष फेब्रुअरीमा दुवै डिनर डेटमा देखिएपछि सबा र ऋतिकको अफेयरको खबर सार्वजनिक भएको थियो। यसपछि सबा ऋतिकको पारिवारिक भेटघाटमा पनि सहभागी भइन्। यसबाहेक करण जोहरको ५०औँ जन्मदिनको पार्टीमा पनि दुवै हात मिलाएर पुगेका थिए। यही बेला यी दुई पहिलोपटक सार्वजनिक रुपमा सँगै देखा परेका थिए। ऋतिक रोशनले सन् २००० मा सुजैनसँग विवाह गरेका थिए। तर सन् २०१४ मा उनीहरुको सम्बन्धविच्छेद भयो।
Shares

प्रतिक्रिया