राजनीति


बागमती: सरकारलाई पूर्णता दिन निर्णायक बैठक बस्दै

बागमती: सरकारलाई पूर्णता दिन निर्णायक बैठक बस्दै

नेपालखबर
चैत २१, २०७९ मंगलबार ९:१५, काठमाडौँ

बागमती प्रदेशमा सरकारलाई पूर्णता दिन आज निर्णायक बैठक बस्दैछ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल, संसदीय दलका नेताहरू र कार्यदलका सदस्यहरूबीच आज मन्त्रिपरिषद् पुन:गठनका लागि निर्णायक बैठक बस्न लागेको कार्यदल संयोजक रामकृष्ण चित्रकारले जानकारी दिए। 

कार्यकदलले निकालेको विकल्पबारे छलफल गरेर सरकारलाई अन्तिम रूप दिन बैठक बस्न लागेको उनले बताए।

यसअघि चारपटक सम्म बसेका बैठक निष्कर्षविहीन टुंगिएका थिए। आज पाँचौपटक बैठक बस्न लागेको हो।

कार्यदल संयोजक चित्रकारका अनुसार आज बस्ने बैठकले निष्कर्ष निकाल्नेछ। यसअघि बसेको कार्यदल बैठकले विभिन्न शीर्षकमा ३ वटा विकल्प तयार गरेको छ। सोही विकल्पमाथि आज छलफल हुने बताइएको छ। 

११ सदस्यीय मन्त्रीपरिषद्‌मा एमाले र राप्रपाले सरकार छोडेका छन्।

रिक्त सात मन्त्रालयको टुंगो लगाउन गएको मंगलबार ७ सदस्यीय कार्यदल गठन गरिएको थियो। तर रिक्त मन्त्रालयभन्दा मन्त्रीका आकांक्षी धेरै भएपछि सरकारले पूर्णता पाउन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad